एजेन्सी । मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले अस्ट्रेलियाले विश्वकप–२०२३ मा शनिबार बंगलादेशलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलको तयारी गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलपछि अस्ट्रेलियाको नौ खेलबाट १४ अंक भएको छ र तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको पनि समान १४ अंक छ र दोस्रोमा छ । अब उनीहरूबीच नै प्रतियोगिताको अन्तिम चारको खेल हुनेछ । महाराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै आठ विकेटमा ३ सय ६ रन बनाएको थियो । त्यसमा तोविड हृदोयले सर्वाधिक ७४ रन बनाए । यस्तै कप्तान नजमुल हुसेनले ४५ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये सिन एबोट र एडम जाम्पाले दुई–दुई विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले ‘प्लेयर अफ द म्याच’ मार्सको १ सय ७७ रनको मद्दतले ४४.४ ओभरमा दुई विकेट गुमाएर ३ सय ७ रन बनायो । मार्सले १ सय ३२ को इनिङ्समा १७ चौका र नौ छक्का प्रहार गरे तथा नटआउट रहे । अर्का नटआउट ब्याटर स्टिभ स्मिथले ६३ र डेविड वार्नरले ५३ रन बनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्