एजेन्सी । भू–मध्यसागरमा भएको हेलिकोप्टर दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सेनाले नियमित अभ्यासमा रहेको हेलिकोप्टर इन्धन भर्ने क्रममा दुर्घटनामा परेको जनाएको छ ।

गत महिना इजरायल–प्यालेस्टाइनबीच पुनः द्वन्द्व बढेपछि अमेरिकाले सो क्षेत्रमा २ वटा विमानवाहक युद्धपोत पठाएको छ र सैनिक गतिविधिलाई बढाएको छ ।

अमेरिकाले सो दुर्घटनाग्रस्त हेलिकोप्टर कुन क्षेत्रमा उडान भर्दै थियो वा कुन स्थानमा दुर्घटना भयो भन्ने विषयमा केही खुलाएको छैन । अमेरिकाले इजरायललाई सहयोग गर्न र लेबनानमा सशस्त्र समूह हिजबोल्लाहको गतिविधिलाई नियन्त्रण गर्न भू–मध्यसागरमा युद्धपोत पठाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्