इलाम , कात्तिक ३० । इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा चितुवाको आतंक बढेको छ ।

चितुवाले गोठमै आएर घरपालुवा जनावर खाइदिन थालेपछि किसान आतंकित बनेका हुन् । सन्दकपुर–५, जमुनाको इङ्लास्थित गैरीगाउँको एक किसानका दुईवटा खसी–बाख्रा र शान्त भट्टराईका दुईवटा बोका चितुवाले मारेको वडा सदस्य कुमार गुरुङले जानकारी दिए । ‘चितुवाले मानवीय क्षतिसमेत गर्नसक्ने भयले गाउँले आतंकित छन्,’ गुरुङले भने, ‘सबैले सजग र सचेत रहनुपर्ने भएको छ ।’

सन्दकपुर गाउँपालिकाको धेरैजसो क्षेत्रमा जंगली जनावरको आतंक वर्षाैंदेखि छ । हरेक बर्ष यस क्षेत्रमा चितुवाले घरपालुवा जनावरलाई क्षति पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्