एजेन्सी । दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया ८ औँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज राति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हरायो ।
दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तबरेज शाम्सीले समान २ विकेट लिए ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा ५ पटक विजेता बनेको थियो । अस्ट्रेलिया १९८७, १९९९, २००३, २००७ र २०१५ को विजेता हो ।

अब अस्ट्रेलियाले उपाधिका लागि फाइनलमा आउँदो आइतवार अहमदावादमा भारतसँग खेल्नेछ । हिजो बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्