झापा, मंसिर १ । फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/pic_mUjgxMjCX0.png)
गएराति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलले पराजित गर्याे । यूएईले पहिलो हाफमा नै ४ गोल गर्याे । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियो लिमाले १–१ गोल गरे ।
यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मंसिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।नेपाल रहेको समूह ‘एच’ मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू ‘होम’ एन्ड ‘अवे’ का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिने छन् ।
पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोलअन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।