कुमरखोद, मंसिर ३ ।झापा गाउँपालिकामा जोरमाई युवा क्लबको आयोजनामा संचालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाईनल खेलमा जामुनखाडी स्पोर्टिङ क्लबलाई हराउँदै आयोजक बिजेता बनेको छ ।


जामुनखाडी स्पोर्टिङ क्लबलाई ४–१ को गोल अन्तरले हराउँदै आयोजक बिजेता बनेको हो । आयोजकका तर्फबाट अनिस खड्काले २ गोल गरेका थिए । खड्काले खेलको २३ औं र २८ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै आयोजककै संदिप रसाईलीले पनि २ गोल गरेका थिए । रसाईलीले खेलको ३० औं र दोस्रो हाफको ८ औं मिनेटमा गोल गरेका थिए । उता जामुनखाडी स्पोर्टिङ क्लबका खेलाडी पवन राईले दोस्रो हाफमा सान्त्वना गोल फर्काएका थिए ।

आजको खेलको म्यान अफ द म्याच जोरमाई युवा क्लबका खेलाडी संदिप रसाईली घोषित भए । त्यसैगरी हाईस्कोरर आयोजकका अनिश खड्का , बेस्ट किपर आयोजकका आयूष बस्नेत र प्लेयर अफ द टुर्नामेन्ट आयोजकका उमेश मुर्मु घोषित भए ।


प्रतियोगितामा विजेता टिमलाई ५५ हजार ५५५ नगद र उपविजेता टिमलाई ३५ हजार ५५५ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ वटा टीमहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष केवल लिम्बुको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , विशिष्ठ अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , वडा अध्यक्षहरु २ का हिमालकुमार चम्लागाई ,१ का राजकुमार यादव रहेका थिए भने अतिथिहरुमा कार्यपालिका सदस्य दिलिप विश्वकर्मा , जगतबहादुर खड्का , पशुपतिलाल गणेश , ईलाका प्रहरी कार्यालय कुमरखोदका सई कुलबहादुर मगर , टाँघनडुब्बा विओपी प्रमुख अर्जुनकुमार ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्