झापा, मंसिर २१ । जंगली हात्तीले झापाको बाह्रदशीमा तीन विगाह खेतको सुठुनी खाएर क्षति गरेको छ ।

आज बिहान ३ बजेको समयमा चारकोसे जंगलबाट ८ वटा जंगली हाती आई बाह्रदशी– १ सिप्ताबारी बस्ने कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा ३ बिगाह जग्गामा लगाएको सुठुनी खाएर क्षति गरेको हो । दिउँसो ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय राजगढमा जानकारी प्राप्त भएपछि प्रहरी टोलीले गएर हेर्दा तीन विगाह जग्गामा लगाएको सुठुनी अन्दाजी ५० क्वीन्टल खाई २ दुई लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्