भद्रपुर, मंसिर २३ । भद्रपुरस्थित शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


सहकारीका अध्यक्ष कैलाश राईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष राईले वार्षिक गतिविधि प्रस्तुत गर्दै ९३ जना शेयर सदस्य तथा ४ लाख ६२ हजार ८०० शेयर पूँजी रहेको विवरण पेश गरेका थिए ।

गणेश गिरीले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापक तोषल दाहालले २ लाख २९ हजार ७१९ रूपैयाँ आम्दानी भएको विवरण पेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्