भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका भिड्ने भएका छन् ।


शुक्रवार भएको सेमिफाइनल खेलमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै दुवै पालिका टीमले फाइनलमा भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको थियो । त्यस्तै अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाई हराएको थियो ।

प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्