झापा, मंसिर २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ ।

सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो । ’हामीलाई पहिले सुराकी पनि थियो । बिहीबारजस्तै ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएका रहेछन्’ चन्दले भने ।

फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए । गत बिहीबार पनि १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मिनबहादुर घले पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्