झापा , मंसिर २५ । आज बिहान भएको आगलागीबाट मेचीनगर ४ राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको गाईगोठ जलेर नष्ट भएको छ ।

बिहान ९ बजेतिर चौहानको टिनको छाना भएको २ तले गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको थियो । आगलागीबाट टिन, काठपात आंशिक रुपमा जलेको र गोठमाथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको जानकारी प्रहरी चौकी बाहुनडाँगीमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई मेचीनगर नगरपालिकाको दमकल र स्थानीय मानिसहरुको सहयोगमा बिहान पौने ११ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्