झापा,मंसिर २५ । नेकपा एमालेको संकल्प यात्रालाई लक्षित गरी पहिचानवादीहरुले भोलिदेखि तेह्रथुमको घुर्मी– लेगुवा सडकमा अनिश्चितकालीन बन्द आव्हान गरेका छन् ।

बन्द सफल पार्न आव्हान गर्दै उनीहरुले आज साँझ तेह्रथुमको जिरिखिम्ती र खोटाङको हलेसीमा राँके जुलुश निकालेका छन् । एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा भोलिदेखि कोशी प्रदेशमा प्रवेश गर्दैछ । मंसिर २६ गतेदेखि पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुने छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।

यसअघि एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले संकल्प यात्रा पहिचानवादीप्रति लक्षित नभएको भन्दै बन्द हडताल फिर्ता लिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्