झापा, मंसिर २५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं.३ बस्ने २४ वर्षीय भिमबहादुर राई र सोही ठाउँका २१ वर्षीय बिकास घले रहेका छन् । आज दिउँसो १ बजेको समयमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले राईको घरमा शंकास्पद अवस्थामा बसिरहेका राई र घलेलाई चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर र नगद १४ हजार बरामद भएको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्