भद्रपुर, मंसिर २७ । चन्द्रगढ यातायात प्रा.लि. भद्रपुर ८ झापाको प्रथम बार्षिक साधारणसभाले पुनः बिजयकुमार बैद्यको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गरेको छ ।

बुधबार चन्द्रगढीमा आयोजित सभाले उपाध्यक्ष, सचिव , कोषाध्यक्ष लगायतका पदहरु पछि बाँडफाँट गर्नेगरी ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरुमा असारु राजवंशी ,देवीबहादुर श्रेष्ठ ,हरिप्रसाद गौतम, दिनेश बास्तोला ,बिरु गुरुङ ,अर्जुन कामती,हरि जोशी र राजेश राजवंशी रहेका छन् ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेल,निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, लेखा परीक्षक भलाकाजी कठेतलगायतले मन्तव्य राखेका थिए । बिजयकुमार बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरि गौतम र स्वागत देवीबहादुर श्रेष्ठले गरेका थिए ।