झापा, चैत २१ । फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने झापा हल्दिवारीका एक युवक पक्राउ परेका छन् ।

भारत आसाम घर भई हाल हल्दिवारी वडा नं.१ कोचाटोलीमा काकाको घरमा बस्दै आएका २७ वर्षीय सन्तोष कार्कीले आज दिउँसो ती युवतीलाई बाँसघारीमा जवरजस्ती करणी गरेका थिए ।

प्रहरी चौकी गोलधापबाट प्रहरी टोली खटिएर बुझ्दा पिडकले पीडितलाई चैत ६ गतेदेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको बुझिएको छ । कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्