झापा,मंसिर २९ । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । यो सँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्