दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पहिचानवादीको पक्षमा बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको केर्खाबाट आज दिउँसो पक्राउ गरेको हो । उनीसहित चारजना केर्खाबाट पक्राउ परेका हुन् ।

‘पहिचानवादी समूह’ ले आह्वान गरेको बन्दमा लावती संलग्न रहेको र पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्