झापालाई ३ स्वर्ण र २ रजत
झापा , पुष ६ । भारतको हैदरावादमा सम्पन्न १० औँ स्ट्रेन्थ लिफ्टिङ्ग वर्ल्ड च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको छ । त्यसमध्ये झापाले ३ स्वर्ण र २ वटा रजत पदक हात पारेको छ ।


हैदरावादस्थित लालबहादुर शास्त्री इन्डोर स्टेडियममा यहि पुष २ देखि ५ गतेसम्म सञ्चालित स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा भाग लिन गएका खेलाडीहरुले सो पदकहरु जित्न सफल भएका हुन् ।

नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएसनका तर्फबाट १५ जना महिला, ६ जना अन्तर्राष्ट्रिय रेफ्रीसहित ४५ जना खेलाडीहरु सहभागी भएका थिए ।
स्ट्रेन्थ लिफ्टिङ्गको विभिन्न विधामा झापाबाट भाग लिएका खेलाडीहरुले ३ वटा स्वर्ण र २ वटा रजत पदक जितेको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग एशोसिएसन झापाका पूर्व अध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री अर्जुन क्षेत्री लम्सालले जानकारी दिए ।उनका अनुसार झापाकी खेलाडी सोनी दासले एउटा स्वर्ण र एउटा रजत पदक हात पारेकी छिन् ।

त्यस्तै खेलाडी प्रशिद्धभक्त लावटले एउटा स्वर्ण र एउटा रजत पदक जितेका छन् भने खेलाडी मेनुका पौडेलले एउटा स्वर्ण पदक जित्न सफल भएको उनले बताए ।
यसपटक विभिन्न विधामा सहभागी सिनियर र जुनियर महिलाहरुले बढी पदक ल्याउन सफल भएका छन् । धरानका कविर भगत प्रधानाङ्गले रजत पदक जितेको लम्सालले बताए ।

स्ट्रेन्थ लिफ्टिङ्गमा युरोप, अमेरिका, एशियासहित १६ वटा मुलुकका खेलाडी तथा रेफ्रीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १३ वर्षदेखि ८० वर्षसम्म वजन समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यसअघि तिर्किस्थानमा भएको ९ आँै स्ट्रेन्थ लिफ्टिङ्ग विश्वकपमा नेपालका ३ जना खेलाडीले मात्र पदक जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्