झापा, पुष १० । झापाको गौरीगञ्जमा हेभी ट्रकमा तार सर्ट भएर आगलागी भएको छ ।

गौरीगञ्ज गाउँपालिका– ३ स्थित हुक्कागाछीमा मंगलबार बिहान अन्दाजी १०ः२० बजेको समयमा उक्त ट्रकमा आगलागी भएको थियो । सोही स्थानका वासुदेव ताजपुरियाको काटामा धान लोड गर्दै गरेको अवस्थामा रविन खरिद बिक्री कम्पनीको मे १ क ८००१ नम्बरको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । आगलागीबाट ट्रकको अगाडीको भागको इन्जिनमा सामान्य क्षति हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्