झापा,पुष ११ । हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवं मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुवैतर्फ स्वस्फूर्त रूपमा काम सुरु भएको छ । भारतको आसामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाइफ सेन्चुरी हुँदै कोशीटप्पुसम्म विचरण गर्न आउने जङ्गली हात्तीका कारण झापामा मानव–हात्ती द्वन्द्व बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि काम सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । मुख्यमन्त्री कार्कीले हात्ती, गैँडाको निरीक्षण गरेर यहाँको असल अभ्यास प्रदेशभर विस्तारका लागि आवश्यक कार्यव्रmम ल्याउने प्रतिबद्धता पनि जनाए । बाहुनडाँगीमा स्थानीय युवालाई हात्तीको बानीबेहोरा तथा हात्तीसँग गर्नुपर्ने व्यवहार, हात्तीले आव्रmमण गर्न सक्ने अवस्था र आक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कता एवं सजगताबारे तालिम दिएर क्विक रेस्पोन्स टिम (आरआरटी) गठन भई परिचालित छ । टोलीमा आबद्ध सदस्यहरूको पाँच लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्नुका साथै रातको समयमा टाढासम्म देखिने चम्किला टर्च लाइटहरू प्रदान गरिएको छ । यस्तो टिम भारततर्फ पनि बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्