सुनसरी , पुष १२ । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले कार्यकक्षमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने निर्णयबमोजिम यलम्बरको फोटो टाँसेका छन् । बिहीबार उनले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको फोटो राखेपछि ताला लगाएर निस्केको एक कर्मचारीले बताए । साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका थिए ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’

केही दिनअघि पनि साम्पाङले धरानलाई स्वायत्तता दिनुपर्ने माग राखेका थिए । स्वायत्तता माग गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘धरानलाई कि त विकास देऊ नत्र स्वायत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! विचार चोगे !’ पछिल्लो केही समयदेखि मेयर साम्पाङले धरानमा एयरपोर्ट बनाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्