झापा,पुष १६ । भद्रपुरस्थित मेची पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–९ निवासी १९ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतको गलगलियाबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका महतोलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले शङ्का लागि चेकजाँच गर्दा १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्