बिर्तामोड, पुष २२ । बिर्तामोडभरिकै पुरानो शैक्षिक संस्था अनारमनीस्थित महेन्द्र–रत्न माध्यमिक विद्यालयले भव्य रुपमा ६६ औं वार्षिक उत्सव मनाउने भएको छ ।

यही पुष २६ गते कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा विद्यालयले वार्षिक उत्सव मनाउने भएको हो । त्यस अवसरमा अभिभावक दिवस, बृहत साँस्कृतिक कार्यक्रम, शिक्षक सम्मान तथा बिदाइ समारोह गरिने विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए ।

उनले सोही कार्यक्रममा “महेन्द्र रत्न तारा” गायन प्रतियोगिता गरिने बताए । कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यार्थी , अभिभावक , शिक्षक, शुभचिन्तकहरुलाई उनले आव्हान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्