बिर्तामोड , पुष २७ । बिर्तामोड–१० बिराटपोखरका इन्द्र प्रसाईको तोरीको कुन्यूमा आगजनी हुँदा करिव एक मन तोरी जलेर नष्ट भएको छ ।

घरनजिकै खेतमा कुन्यू बनाएर थुपारिराखेको करिव तीन –चार कठ्ठा जमिनको तोरीमा गएराति दश बजेतिर अज्ञात ब्यक्तिले आगो लगाईदिएका हुन् । तत्कालै छरछिमेकले थाहा पाएर आगोलाई नियन्त्रणमा लिएको प्रसाईले जानकारी दिए। शंकास्पद तरिकाले एक्कासी आगो लागेकोले कसले र किन आगो लगायो भन्ने बारेमा खोजी भइरहेको उनले बताए ।
करिव चार मन तोरी आउने त्यस कुन्यूबाट पूरै तोरी नष्ट हुनबाट जोगाईएको प्रसाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्