बिर्तामोड, माघ ४ । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् ।

आज विहान उनले बिर्तामोड–३ का दुई वटा बस्तीमा पुगेर मुसहर र सन्थाल समुदायका बालबालिकालाई स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले वडा नं ३ को विराटपोखर र उन्नति रंगशाला टोलमा एक सय जना बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडा सदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठसहित स्थानीय अगुवाहरुको सहभागितामा स्वीटर वितरण गरिएको थियो ।मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए । लाभान्वित बालबालिकाका अभिभावकहरुले सहयोगी खत्रीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्