झापा , माघ ४ । मेचे जातिको पहिचान खोज्दै मेचे जातिका एक युवक साइकल यात्रामा निस्किएका छन् ।

७ महिनाअघि साइकल यात्रा सुरु गरेका भारतको आसाम राज्यस्थित बाक्सा जिल्लाका २६ बर्षिय राजीव बोडो साइकल यात्राका क्रममा झापा आइपुगेका छन् । नेपालमा मेचे जातिको बसोबास रहेको हल्दिबारी आइपुगेका उनले मेचे जातिको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको उनले बताए ।

उनलाई हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिले बुधबार सम्मान गरेका थिए । हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले सम्मान गर्दै बोडोलाई नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्