बिर्तामोड,माघ ८ । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

वनभोजमा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।
बिर्तामोडबाट गएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा सोमवार साँझ झडप भएको प्रहरीले जनाएको छ ।

विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड–५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
चौधरीको बीएण्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको डीएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले खुकुरी प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्