बिर्तामोड, माघ ९ । झापाको बिर्तामोडमा आजदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव शुरु हुँदैछ ।

सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव संचालन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आजदेखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहान , राजनराज शिवाकोटीलगायत आउने मेला संचालक नारायण अधिकारीले बताए । उनले भोलि राजनराज शिवाकोटी आउने जानकारी दिए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गर्ने महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्