झापा, माघ १० । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा १ स्थित शंकराचार्य पीठ वेदवेदांग संस्कृत पाठशाला साधुटारलाई सहयोग गरेको छ ।

साधुटार धामको ४५ औं वार्षिकोत्सवका अवसरमा आयोजित धार्मिक अनुष्ठानमा लायन्स क्लब अफ बिर्तामोड लेडीले खाद्यान्न र नगद सहयोग गरेको हो । आज एक कार्यक्रमका बीच धामका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडालाई खाद्यान्न र ५ हजार १ सय रुपैयाँ नगद हस्तान्तरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।त्यस अवसरमा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ निरज ओली, बिर्तामोड लेडीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो धाममा लायन्स क्लब अफ बिर्तामोड लेडीले गत साउन महिनामा रुद्राक्षका बिरुवाहरू रोपेको थियो । त्यस्तै एक दिवसीय निःशुल्क आँखा शिविर पनि संचालन गरेको थियो ।जसमा २५८ जना लाभान्वित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्