झापा, माघ २५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको मेचीनगरमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर– ८ का २३ बर्षीया गीता बिष्ट र वडा नं – १० का ३१ बर्षीय मेग्देन गुरुङ रहेका छन् । लागूऔषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ८ बाट बिष्ट र गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका– ७ का २१ बर्षीय योगेश राईलाई केराबारी– ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधि ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्