झापा, माघ २६ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १८४ बोतल भारतीय रक्सी काँकरभिट्टा नाकाबाट बरामद भएको छ ।

आज दिउँसो १.२५ बजेको समयमा मेचीनगर ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लासबहादुर राईको कमाण्डमा खटिएको ७ जनाको भन्सार ड्युटी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा सो रक्सी बरामद भएको हो ।

भन्सार मूल्य २ लाख १७ हजार ६११ बराबरको विभिन्न ब्राण्डका १८४ बोतल रक्सी र १ बोरा कस्मेटिक सामानहरु बरामद गरी भन्सार कार्यालय दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सशस्त्र प्रहरी उपरीक्षक ( एसपी) देबराज अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्