झापा,माघ २९ । फेब्रुअरी ७ देखि भ्यालेन्टाइन सप्ताह शुरु भएको छ । आज भ्यालेन्टाइन सप्ताहको छैंटौँ दिन अर्थात ‘हग डे’का दिन प्रेमी प्रेमिकाहरु अंकमालमा झुमिरहँदा एकजना व्यक्तिले आत्महत्या गरेर आफ्नी श्रीमतीसंगको गहिरो मायालाई दुःखद अन्त्य गरेका छन् ।

ताप्लेजुङ सिरिजंगा गाउँपालिका ६ घर भई बिर्तामोड ३ मा डेरा गरी बस्ने ३१ वर्षीय सन्तोष माबो लिम्बूले ‘फेरि भेट होला कि नहोला दिलकुमारी गुडबाई’लेखेर आत्महत्या गरेका हुन् । बिर्तामोड नगरपालिका– १० स्थित पश्चिम बिराटपोखरको साहिमा चोकस्थित नयाँ जग्गा प्लटिङमा रहेको सानो टहरामा बिहान ८ बजे उनी झुन्डिएको अबस्थामा फेला परेका थिए । झुन्डिएको टहरको भित्तामा उनले आफ्नी श्रीमती कुमारीलाई अन्तिम विदाईका शव्दहरु लेखेका थिए ।

मृतक लिम्बूले भारतको सिक्किमबाट कुमारीलाई भगाएर ल्याएको बताइएको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्