झापा, फागुन १ । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दास पुलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

उनीहरुलाई कपी तथा अन्य स्टेशनरी सामान वितरण गरिएको हो । लायन्स क्लब अफ बिर्तामोड लेडीकी सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर पारेर सो सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओलीले बताइन् ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली , छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, लायन्सका लिडरहरु, विद्यालयका शिक्षक, शिक्षिकालगायतको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष ओलीको यो ४२ औं कार्यक्रम भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्