भद्रपुर, फागुन ४ । नेपाल चिया उत्पादक संघको केन्द्रीय अध्यक्षमा युवा उद्यमी आदित्य पराजुली निर्विरोध चयन भएका छन् ।

झापाको भद्रपुरमा शुक्रवार सम्पन्न संघको १५ओैं साधारणसभाबाट अध्यक्षमा पराजुलीलाई निर्विरोध चयन गरिएको हो । संघको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे र कोषाध्यक्षमा प्रकाश उप्रेती निर्विरोध चयन भएको अधिकृत गोपाल गिरीले जानकारी दिए । त्यस्तै सदस्यहरुमा दीपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजु्ली, मनोज श्रेष्ठ, शुभाषरत्न शाक्य र दीपक पाठक चयन भएका छन् ।

सो साधारणसभामा महासचिव शिवकुमार गुप्ताले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विनयराज पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्