झापा,फागुन ६ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार राजु न्यौपानेलाई महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीका भूतपूर्व विद्यार्थीहरुले मत दिएर सहयोग गर्ने भएका छन् ।

भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माविको बैठकले सोही विद्यालयका पूर्व विद्यार्थी न्यौपानेलाई जिताउन सहयोग गर्ने निर्णय गरेको हो । हिजो बसेको भूतपूर्व विद्यार्थी समाजको बैठकमा अध्यक्षका उम्मेदवार न्यौपानेले निर्वाचनमा आफूलाई सहयोग गर्नका लागि आग्रह गरेका थिए । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले पूर्व विद्यार्थी न्यौपानेलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई न्यौपानेलाई जिताउन आव्हान गरेका छन् ।

यसअघि भूतपूर्व विद्यार्थी समाजको करिव एक महिनाअघिको वनभोज कार्यक्रममा नै पूर्व विद्यार्थीहरुले न्यौपानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । पोखरेल अध्यक्ष रहेको भूतपूर्व विद्यार्थी समाजको उपाध्यक्षमा मदनगोपाल सुब्बा , सचिव मोहन शिवाकोटी ,कोषाध्यक्ष विष्णुमाया मैनाली संग्रौला तथा सदस्यहरुमा डा. लक्ष्मीप्रसाद मैनाली, केशव प्रसाई , नरेशकुमार न्यौपाने ,लीला अनमोल ,कमलराज विमली ,रुपक गोदार थापा , वीरबहादुर दर्नाल ,वेदप्रकाश न्यौपाने , विनोद गौतम, इन्द्रसिंह राजवंशी र काजी बुढाथोकी रहेका छन् । महेन्द्ररत्न माविका करिव दुई सयजना पूर्व विद्यार्थीहरु वाणिज्य संघको मतदाता रहेको समाजका उपाध्यक्ष मदनगोपाल सुब्बाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्