झापा,फागुन ६ । कक्षा १२ को यसपालिको परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

विभिन्न विषयका गरी परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यालयले परीक्षातालिका पनि सार्वजनिक गरेको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

परीक्षाका दिन आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्