झापा, चैत ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं.५ बस्ने ४४ वर्षीय यादव राई र वडा नं.८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् । आज दिउँसो १२ः३० बजेको समयमा दमक ५ स्थित कामक्षा होटलनजिक रहेको यादव राईको घरकोठामा लागूऔषध बिक्री वितरण हँुदैछ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घरकोठामा चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनीहरुको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैजनालाई लागूऔषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्