झापा,चैत १४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाले जिल्लास्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पालिकाभित्रका विद्यार्थीको पढाइ शुल्क बेहोरिदिने भएको हो । स्नातक तहमा अध्ययनरत विद्यार्थीको पढाइ शुल्क बेहोर्नेगरी गाउँपालिका र पाथीभरा क्याम्पसबिच सम्झौता भएको छ ।

गाउँपालिकाभरिका स्नातक तहमा अध्ययनरत विद्यार्थीको सबै शुल्क पालिकाले बेहोर्नेगरी मङ्गलबार सम्झौता भएको पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेलले बताए । क्याम्पस प्रमुख पौडेलका अनुसार हाल पाथीभरा क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या १२८ रहेको छ।

सो संख्यामा रहेका विद्यार्थीले क्याम्पसलाई बुझाउनुपर्ने अध्ययन शुल्क गाउँपालिकाले बेहोर्ने भएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्