बिर्तामोड, चैत २० । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिबासी÷जनजाति महासंघको कोशी प्रदेश अधिवेशन स्थगित भएको छ ।

यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा सो अधिवेशन हुने कार्यक्रम रहेको थियो । महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदीप लिङ्देनले आज एक विज्ञप्ति जारी गरी आगामी बैशाख १५ गते इलाम २ मा हुन लागेको उपनिर्वाचनमा दृढतापूर्वक खटिनुपर्ने भएकाले महासंघको प्रदेश अधिवेशन स्थगित गर्नुपरेको जनाएका छन् ।

उपनिर्वाचनमा जीत हासिल गर्न कांग्रेसले सम्पूर्ण शक्ति लगाउने जनाएको छ । यद्यपि अरु दलहरुले उम्मेदवार घोषणा गरेर चुनावी घरदैलो गरिरहँदा कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्