झापा,बैशाख ३ अछाममा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ षोडशामा छानामा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सोमबार बिहान ९ः५५ बजे खरले छाएको छानामा अचानक सल्केको आगोमा परी बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । घटनाबारे अनुसन्धानका लागि मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर खड्काको नेतृत्वमा टोली खटिएको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्