भद्रपुर, बैशाख ४ । रूद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ ।


कार्यक्रममा वरिष्ठ आँखा चिकित्सक डा.सन्दुक रूइत र बाल वैज्ञानिक सविन बास्कोटालाई नगदसहित सम्मान गरिएको हो ।
भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रमको सभाकक्षमा आयोजित प्रतिष्ठानको दशौं पुरस्कार समर्पण समारोहमा डा.रुइतलाई आँखाको उपचारमा आफैं लेन्स बनाएर नयाँ आविष्कार गरी विशिष्ठ योगदान गरेवापत श्रीप्रसाद ओली स्मृति राष्ट्रिय प्रज्ञान पुरस्कारबाट ५ लाख नगदसहित सम्मान गरिएको थियो भने बाल वैज्ञानिक बास्कोटालाई हवाइजहाजदेखि मोटरसाइकलसम्म आफैं बनाई उडाउने, गुडाउने परीक्षण गरेवापत प्रोत्साहनका लागि १ लाख १ सय ११ रूपैयाँसहित देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्