एजेन्सी । भारत छत्तीसगढको बस्तरमा संदिग्ध माओवादीहरुले भारतीय जनता पार्टीका एक नेताको हत्या गरेका छन् । त्यहाँ १९ अप्रैल अर्थात पर्सी लोकसभा चुनावका लागि मतदान हुँदैछ ।


हिजो नै सुरक्षाबलले कांकेरमा २९ जना माओवादी एक मुठभेडमा मारिएको दावी गरेको छ । प्रहरीका अनुसार नारायणपुरको फरसगाउँ बस्ने पंचम दास मानिकपुरीको घरमा गएराति माओवादीहरुले हमला गरेका थिए । माओवादीहरुले बन्चरो प्रहार गरी पंचम दास मानिकपुरीको हत्या गरेका हुन् ।

बस्तरमा गत वर्ष भारतीय जनता पार्टीका आठ जना नेताको माओवादीहरुले हत्या गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्