झापा, बैशाख ५ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग आज बिर्तामोडमा विवाह गर्दैछिन् ।

हिजो उनको हल्दी र मेहेन्दी समारोह गरिएको थियो । आज बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा उनको विवाह हुन गइरहेको हो । बिर्तामोड ४ निवासी एलिनाको सोही पार्टी प्यालेसमा हिजो हल्दी र मेहेन्दी समारोह भएको थियो । मेहेन्दी उत्सवमा उनी निकट साथीभाइ र आफन्त उपस्थित थिए ।


विवाह हुने थलो बिर्ता पार्टी प्यालेस भव्य सजाइएको छ । आज विहान एलिनाको भाईको ब्रतवन्धपछि दिउँसो विवाह गर्ने कार्यक्रम तय भएको छ ।मेहेन्दी उत्सवमा एलिना निकट गायिकाहरु मेलिना मैनाली र एन्जिला रेग्मी, मोडल रुविना अधिकारी, जुम्ल्याह मोडल स्मारिका र समारिका पनि रहेका थिए ।

बेहुला विष्णु सापकोटा जन्ती लिएर बागलुङ बजारबाट हिजो नै हिँडिसकेका थिए । हिजै उनी झापा आइपुगेका छन् । लामो समयदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्