इलाम, बैशाख ७ । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलिप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका–८ स्थित महाभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्