हल्दिवारी, जेठ १० । नेकपा एमाले हल्दिवारीको दोस्रो गाउँ अधिवेशनका लागि ३ जनाले अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी शीर्षकको समाचारप्रति वर्तमान अध्यक्ष त्रिलोचन सापकोटा र सहसचिव हरिकृष्ण अधिकारीले खण्डन गरेका छन् ।

आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष त्रिलोचन सापकोटा, कार्यवाहक सचिव हरिकृष्ण अधिकारी र शैलेन्द्र सिटौलाले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने तयारी गरेको भन्ने समाचारप्रति सापकोटा र अधिकारीले असहमति जनाएका हुन् ।
अध्यक्ष सापकोटाले कसैले प्रचारका लागि समाचार बनाउन चाहे अर्कै कुरा भएको भन्दै आफू अधिवेशनको हलको निर्णय अगाडि कुनै प्रचार वा चर्चामा नआउने स्पष्ट पारेका छन् ।

त्यस्तै पार्टीका उपसचिव हरिकृष्ण अधिकारी पनि अध्यक्षको दौडमा नरहेको एमाले हल्दिवारीका नेता नरेश चुँडालले जानकारी दिए । उनले अधिवेशनमा हलको निर्णय सवैले मान्ने भएकाले सस्तो प्रचारवाजीमा कोही नरहेको स्पष्ट पार्दै उपाध्यक्ष गितादेवी भण्डारी, रेम खरेल, अजित बिष्टको चर्चा पनि नरहेको जानकारी दिए । त्यस्तै सचिवमा लक्ष्मी दङ्गाल , उपसचिवमा बिष्णु सुब्बा र सरिता न्यौपानेको आकांक्षा समेत नभएको प्रष्ट पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्