झापा, जेठ १३ । झापाको बाह्रदशी गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा भोलि शोक विदा दिएको छ ।

जनविकास माध्यमिक विद्यालय बाह्रदशी ४ की बालशिक्षक मन्जुदेवी गणेशको निधनप्रति शोक विदा दिइएको हो । बाह्रदशी गाउँ कार्यपालिकाको आजको बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्