हल्दिबारी, जेठ १३ । नेकपा एमाले हल्दिवारीको अध्यक्षमा पुनः त्रिलोचन सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् ।

हिजोदेखि शुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्दसत्रमा अध्यक्ष पदका लागि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । त्यस्तै सचिव र महिला उपसचिवमा पनि एक–एकजनाको उम्मेदवारी परेको छ ।सचिवमा हरिकृष्ण अधिकारी र महिला उपसचिवमा रोश्नी शिवाकोटीको उम्मेदवारी परेको छ ।

त्यसबाहेक उपाध्यक्षमा टीकाराम न्यौपाने र देवीप्रसाद ओली तथा खुल्ला उपसचिवमा रेम खरेल र धम्वीर नेम्वाङको उम्मेदवारी परेको छ । भोलि बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ । भोलि मध्यान्ह १२ बजेसम्म सर्वसम्मतका लागि समय दिइएको र त्यस समयभित्र सर्वसम्मत नभए मतदान गरिने अध्यक्ष मण्डलका अध्यक्ष नरेश चुँडालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्