झापा,असार २६ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका २ आम्बे खोलानजिक घर भत्किएर ६जना घाइते भएका छन् ।
पानी परिरहेको बेला ओत लागेर बसेका सिरिजंघा गाउँपालिका २ बस्ने अन्दाजी बर्ष ४३ का खडक बानिया, उनकी श्रीमती अन्दाजी वर्ष ३८ की जानुका बानिया, छोरी अन्दाजी बर्ष ३० की सबिना बानिया, सोही ठाउँ बस्ने अन्दाजी बर्ष २८ का खेमराज अधिकारी, अन्दाजी बर्ष ५३ की दिलमाया बि.क., उनका नाति अन्दाजी बर्ष १० का रोहित बि.क. घर भत्किएर घाइते भएका हुन् । प्रहरी चौकी खाम्बेदिनमा खबर हुनासाथ स्थानीय र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको थियो । घाइतेहरुलाई माथिल्लो कावेली जलविद्युत आयोजनाको बोलेरो गाडीमार्फत उपचारको लागि पाँचथर फिदिम ल्याइएको प्रहरीले जनाएको छ ।
हिजो साँझ ७.३० बजे सुरक्षा पोष्ट आम्बेगुदिनबाट करिव ३ किलोमिटर उत्तरपूर्व बारुदिन, आम्बे खोलास्थित प्रेमबहादुर राईको पुरानो खाली घरमा पानी परिरहेको बेला उनीहरु ओत लागेर बसेका थिए ।