झापा, साउन १ ।झापा र मोरङका विभिन्न स्थानबाट हिजो दिउँसो प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय विवेक खड्का र २१ बर्षीय सरोज चौधरी रहेका छन् । उनीहरुलाई भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट २७० मिलिग्राम ब्राउनसुगरसहित मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋषिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउनसुगरसहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।