बिर्तामोड, असार ३१ । साउन महिना लाग्दै गर्दा बजारमा हरियो , पहेलो चुरा र मेहेन्दी किन्नेहरुको भीड लागेको छ ।

आज सोमवार बिर्ताबजारमा लागेको हटियामा हरियो, पहेलो चुरा र मेहेन्दी किन्ने महिलाहरुको कस्मेटिक पसलहरुमा भीड लागेको थियो । कोही चुरा र मेहेन्दी छान्न , कोही लगाउन व्यस्त देखिन्थे । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।

नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा ब्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहेन्दी लगाउने चलन रहेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्